मधेश प्रदेशकै उत्कृष्ट प्रहरी बने महोत्तरीका प्रहरी निरीक्षक साह,

मधेश प्रदेशकै उत्कृष्ट प्रहरी बने महोत्तरीका प्रहरी निरीक्षक साह,

सुनिल साह ,
जनकपुरधाम, ३० असोज । अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साह मधेश प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक साहलाई उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा शाखामा कार्यरत साहले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता, कार्यक्षमता र व्यावसायिक कार्यसम्पादनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।

अपराध नियन्त्रण, विभिन्न घटनाको अनुसन्धान तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उनले पुर्‍याएको योगदानको कदर गर्दै प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ।

प्रहरी कर्मचारीको जिम्मेवारी, कार्यक्षमता र व्यावसायिक योगदानको मूल्याङ्कन गरी प्रदान गरिने यस्तो सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा बढाउनुका साथै प्रहरी कर्मचारीलाई थप जिम्मेवार र सेवाप्रति प्रतिबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा साह सम्मानित भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका लागि पनि यसलाई गौरवपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार