लोक आवाज ,
जनकपुरधाम, २९ असोज । मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष आयोगको आठौँ वार्षिक प्रतिवेदन पेस गरेका छन्।
बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८२/०८३ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटिएको प्रतिवेदन प्रदेश प्रमुख कर्णलाई हस्तान्तरण गरेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार आयोगले प्रत्येक आर्थिक वर्षमा सम्पादन गरेका काम, गतिविधि तथा प्रगतिको विवरण समेटेर वार्षिक प्रतिवेदन पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
आयोगको आठौँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विभिन्न कामकारबाही तथा गतिविधिको विवरण समावेश गरिएको छ। प्रतिवेदन पेस गर्नु संवैधानिक निकायको कामकारबाही र प्रगतिबारे जानकारी गराउने नियमित प्रक्रियाको हिस्सा हो।




प्रतिक्रिया !