लोक आवाज ,
काठमाडौँ , १५ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देश दिएको छ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल तथा नित्यानन्द पाण्डेको संयुक्त इजलासले जारी गरेको आदेश अनुसार, तोकिएको समयभित्र विश्वासको मत प्राप्त गर्न असफल भएमा संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठन प्रक्रियामा अघि बढ्न परमादेश जारी गरिएको छ।
यादवको नियुक्ति गैरसंवैधानिक रहेको दाबी गर्दै ७३ जना सांसदहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो।




प्रतिक्रिया !