नेपाल आयल निगमले अघि बढायो एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया

लोक आवाज ,

काठमाडौँ , १६ कार्तिक । नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका एलपी ग्यास उद्योगहरूलाई गाभ्ने नीतिलाई निरन्तरता दिएको जनाएको छ।

निगमको स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा उल्लेख गरिएको व्यवस्थाअनुसार ग्यास उद्योगहरूको मर्जर प्रक्रियालाई प्रोत्साहन गर्ने योजना अघि सारिएको हो।

यसैक्रममा निगमले २०८३ कात्तिक १२ गते देशभरका सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

निगमले ग्यास उद्योगहरूको एकीकरणबाट एलपी ग्यासको बिक्री तथा वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने अपेक्षा गरेको छ। साथै, यस प्रक्रियाले उपभोक्तालाई समेत थप सहज र व्यवस्थित सेवा उपलब्ध गराउन सहयोग पुग्ने निगमको विश्वास छ।

एलपी ग्यास उद्योगहरूको गाभ्ने प्रक्रिया कसरी र कुन मोडालिटीमा अघि बढ्ने भन्ने विषयमा सम्बन्धित उद्योगहरूको कार्ययोजना तथा सहभागितापछि थप स्पष्ट हुने बताइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार