एनपिएलमा कर्णालीविरुद्ध काठमाडौंको बलिङ, पहिलो जितको खोजीमा गोर्खाज

एनपिएलमा कर्णालीविरुद्ध काठमाडौंको बलिङ, पहिलो जितको खोजीमा गोर्खाज

लोक आवाज ,

काठमाडौं, १६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत कर्णाली याक्स र काठमाडौं गोर्खाजबीचको खेलमा काठमाडौंले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

प्रतियोगितामा लगातार दुई खेल जित्दै ४ अंकसहित कर्णाली याक्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। कप्तान सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

कर्णालीले यसअघि पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौंलाई ४ विकेटले हराएको थियो।

यता, कप्तान करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाज भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। अंकविहीन रहेको काठमाडौं पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो।

काठमाडौं गोर्खाजको प्लेइङ–११: करण केसी (कप्तान), भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान।

कर्णाली याक्सको प्लेइङ–११: सोमपाल कामी (कप्तान), गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार