लोक आवाज,
जनकपुरधाम, १४ कात्तिक । धनुषाको औरही गाउँपालिका–५, चक्करमा आयोजित परम्परागत झिझिया कार्यक्रमका सहभागी प्रतियोगीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।
झिझिया कार्यक्रम सम्पन्न भएपछि शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा समाजसेवी तथा युवा नेता रमेश कुमार अधिकारीको विशेष उपस्थितिमा उत्कृष्ट सहभागी तथा प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा स्थानीय युवायुवती, महिला, ज्येष्ठ नागरिक तथा समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
आयोजक पक्षले झिझिया जस्ता परम्परागत सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइने जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक, सहभागी, सहयोगी तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरिएको थियो। आयोजकहरूले “हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने सन्देशलाई आत्मसात गर्दै स्थानीय मौलिक संस्कृतिको जगेर्नामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया !