नेपाल प्रमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ गर्ने

नेपाल प्रमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ गर्ने

लोक आवाज , जनकपुरधाम , १७ कार्तिक | नेपाल प्रमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। मंगलबारको दिनको पहिलो खेलमा विराटनगर र जनकपुर प्रतिस्पर्धा गर्न लागेका हुन्। टस जितेपछि जनकपुरले विराटनगरलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

प्रतियोगितामा जनकपुर चौथौ खेलमा तेस्रो जितको खोजीमा हुँदा विराटनगर पनि चौथो जितमा दोस्रो जितको प्रयासमा मैदान उत्रिंदै छ। यसअघि विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको थियो भने जनकपुरले पोखरालाई हराएको थियो। जनकपुर लगातार तेस्रो जितको लक्ष्यका साथमा छ। उसले पहिलो खेलमा कर्णालीसँग १९ रनले हार ब्योहोर्दा दोस्रो खेलमा काठमान्डुलाई ८ विकेटले हराएको थियो।

विराटनगर भने पहिलो खेलमा चितवनसँग ८ रनले पराजित हुँदा दोस्रो खेलमा कर्णालीसँग ४ विकेटले हारेको थियो। वर्षाले प्रभावित तेस्रो खेलमा ५ ओभरमा खेलाइएको खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराउन विराटनगर सफल भएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार