मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त,

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त,

जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी दिएको हो।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूमध्ये सबैभन्दा ठूलो दलको नेताका रूपमा यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए। तर, तोकिएको समयसीमाभित्र कुनै पनि दल वा गठबन्धनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

यादवको नियुक्तिसँगै मधेस प्रदेशमा नयाँ राजनीतिक घटनाक्रम अघि बढेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार