प्रधानमन्त्री बालेनले शुक्रबार बिहान राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने,

प्रधानमन्त्री बालेनले शुक्रबार बिहान राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने,

काठमाडौँ , प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। महासभाको कार्यतालिकाअनुसार उनले न्युयोर्क समयअनुसार बिहीबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ७ बजे न्युयोर्क पुग्नेछन्। न्युयोर्कमा उनको सम्बोधन भइरहँदा नेपालमा शुक्रबार बिहान हुनेछ। नेपाली समयअनुसार उनको सम्बोधन शुक्रबार बिहान १२ः४५ बजे सुरु हुने कार्यतालिका छ।

प्रधानमन्त्री शाहले सम्बोधन गर्ने सत्रमा नेपालभन्दा अघि सेनेगल, फिजी, कोस्टारिका, नाइजेरिया, यमन, कुवेत, बार्बाडोस, आर्मेनिया, थाइल्यान्ड, जर्जिया, बंगलादेश, नेदरल्यान्ड्स, स्लोभेनिया, ग्रीस, अष्ट्रेलिया र आयरल्यान्डका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ।

यी १६ देशका वक्ताले निर्धारित समयअनुसार करिब चार घण्टा सम्बोधन गरेमा प्रधानमन्त्री शाहको पालो नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेसम्म पुग्न सक्नेछ।

प्रधानमन्त्री शाहको महासभा सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेबटिभी  webtv.un.org  मार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार