लोक आवाज ,
काठमाडौँ , २१ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा सबैको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।
उनले सत्य, न्याय र इमानदारीको मार्गमा अडिग रहँदै समाजमा सुशासन कायम गर्न तथा जनपक्षीय काम गर्ने प्रेरणा यमपञ्चकलगायतका पर्वहरूले प्रदान गरून् भन्ने कामना गरेका छन् ।
त्यसैगरी, धन्वन्तरीको स्मरण गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीलाई निरोगी जीवनको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व तिहार काग तिहारबाट सुरु भई कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्द्धन पूजा तथा भाइटीकासम्म विभिन्न धार्मिक र सांस्कृतिक परम्पराअनुसार मनाइन्छ ।



प्रतिक्रिया !