औरही गाउँपालिकामा रास्वपाको शक्ति प्रदर्शन, एमाले र जसपाका नेतासहित ५५० भन्दा बढी पार्टी प्रवेश

औरही गाउँपालिकामा रास्वपाको शक्ति प्रदर्शन, एमाले र जसपाका नेतासहित ५५० भन्दा बढी पार्टी प्रवेश

लोक आवाज ,

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ५५० भन्दा बढी महिला तथा पुरुष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्र कुमार मण्डल, एमाले वडा नं. ६ का सभापति रामआशिष सहनी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष एवं निर्वाचित वडा नं. ५ का अध्यक्ष सरोज कुमार मण्डललगायत रहेका छन्। उनीहरूसँगै दुवै वडाका निर्वाचित वडा सदस्य तथा विभिन्न राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले सामूहिक रूपमा रास्वपा प्रवेश गरेका हुन्।

रास्वपाका धनुषा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामविनोद यादवको प्रमुख आतिथ्य तथा जुली यादवको विशिष्ट आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता औरही गाउँपालिका वडा नं. ६ का रास्वपा सभापति अनिल सहनीले गरेका थिए। कार्यक्रममा रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवसहित जिल्लास्तरीय नेता, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै आयोजित कार्यक्रममा वक्ताहरूले पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।

ठूलो संख्यामा विभिन्न दलका नेता, निर्वाचित जनप्रतिनिधि तथा सर्वसाधारण रास्वपामा प्रवेश गरेसँगै औरही गाउँपालिकामा पार्टीको संगठन थप मजबुत हुने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार