लोक आवाज ,
काठमाडौँ ,१३ कार्तिक । नागरिक उन्मुक्ति पार्टीका पूर्वसंरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। उनी बिहीबार आयोगमा उपस्थित भएर नयाँ दल दर्ताका लागि आवश्यक कागजात बुझाएका हुन्।
नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ राखिएको छ। उक्त दलको अध्यक्षमा कबीर सोप रहेका छन्।
चौधरीले यसअघि नागरिक उन्मुक्ति पार्टीमा संरक्षकको भूमिकामा रहेर काम गर्दै आएका थिए। तर, पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग मतभेद बढ्दै गएपछि उनले केही साताअघि पार्टी छाड्ने घोषणा गरेका थिए।
पार्टीभित्र नेतृत्वको शैली, निर्णय प्रक्रिया र नीति–कार्यक्रममा असहमति बढ्दै गएपछि उनले नयाँ दल गठनको तयारी थालेका थिए।
चौधरीले नयाँ दलले मधेश र थारू समुदायको अधिकारका मुद्दा निरन्तर उठाउने बताएका छन्। नयाँ दल दर्ता भएपछि अब आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि पार्टीले देशव्यापी संगठन विस्तार सुरु गर्ने बताइएको छ।




प्रतिक्रिया !