लोक आवाज ,
काठमाडौं , १९ चैत । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक समापन गर्दै आगामी बैठकको मिति घोषणा गरेका हुन् ।
उनका अनुसार प्रतिनिधिसभाको अर्को बैठक २०८२ चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ । सो बैठकमा सभामुख चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइने जनाइएको छ ।
पहिलो बैठक औपचारिक कार्यसूचीमा केन्द्रित रहँदै सहज रूपमा सम्पन्न भएको थियो । नयाँ संसद गठनपछि बसेको पहिलो बैठक भएकाले आगामी कार्यदिशा तय गर्ने आधार तयार भएको मानिएको छ ।
सभामुख चयन संसद सञ्चालनको महत्वपूर्ण चरण मानिन्छ । यससँगै प्रतिनिधिसभाले विधायी तथा नीतिगत कार्यलाई तीव्रता दिने अपेक्षा गरिएको छ । आगामी बैठकले संसदीय गतिविधिलाई थप गतिशील बनाउने विश्वास गरिएको छ ।




प्रतिक्रिया !