सिरहामा बस–मोटरसाइकल ठक्कर : दुई युवकको मृत्यु, एक गम्भीर घाइते,

सिरहामा बस–मोटरसाइकल ठक्कर : दुई युवकको मृत्यु, एक गम्भीर घाइते,

लोक आवाज ,

सिरहा, १८ फागुन । सिरहाको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दुर्घटनामा धनगढीमाई नगरपालिका–८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको उपचारका क्रममा मृत्यु भएको हो ।

गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स.५ प. ४७५९ नम्बरको मोटरसाइकललाई धरानबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख १०८५ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीका अनुसार घाइतेहरूलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको भए पनि महतो र रायलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी स्थानीय १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरूको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार