मध्यपूर्व तनावबीच नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह,

मध्यपूर्व तनावबीच नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह,

लोक आवाज ,

काठमाडौँ , १६ फागुन – नेपालको परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार यात्रा तथा सुरक्षासम्बन्धी एडभाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको हो।

मन्त्रालयले सम्बन्धित देशका सरकारी निकायहरूले जारी गरेका सुरक्षा निर्देशन र परामर्शहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ।

त्यस्तै, सम्बन्धित देशका अधिकारीको पूर्वस्वीकृति बिना यात्रा नगर्न निर्देशन दिँदै हालको अवस्था सामान्य नभएसम्म इजरायल वा इरान जाने योजना बनाएका नेपाली नागरिकलाई यात्रा स्थगित गर्न भनिएको छ।

मन्त्रालयले काठमाडौँस्थित परराष्ट्र मन्त्रालयका साथै तेल अवीवस्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ।

हाल संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले इजरायलका साथै मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी कारबाही सुरु गरेको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार