लोक आवाज ,
जनकपुरधाम, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतोले औपचारिक रूपमा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेकी छन्।
जनकपुरधाम–४ स्थित सीताराम गौशालामा पुगेर उनले गौमातालाई आहार खुवाउँदै अभियानको उद्घाटन गरिन्। गौशालाको निरीक्षणसमेत गर्दै त्यहाँ रहेका गाईहरूलाई आहार खुवाएर उनले गौमाताको आशिर्वाद ग्रहण गरिन्।
उक्त अवसरमा उम्मेदवार महतोले आगामी निर्वाचनमा जीत एमालेकै हुने विश्वास व्यक्त गर्दै जनतासँग प्रत्यक्ष संवाद र जनसंपर्कलाई तीव्र बनाउने बताइन्।
निर्वाचन आयोग, नेपालको निर्देशनअनुसार आजदेखि सबै उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार सुरु गरेका हुन्। सोही कार्यक्रमअन्तर्गत महतोले गौशालाबाटै आफ्नो चुनावी अभियानलाई अघि बढाएकी हुन्।





प्रतिक्रिया !