सिरहामा खेतमै काम गरिरहेका युवकको गोली हानी हत्या

सिरहामा खेतमै काम गरिरहेका युवकको गोली हानी हत्या

सुनिल साह 
सिरहा ,१६ माघ — सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन्। सिरहा नगरपालिका–१ निवासी ४० वर्षीय प्रेमनाथ यादवको गोली प्रहारबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको बेला यादवमाथि गोली प्रहार गरिएको थियो। गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक यादव खेती किसानीमा संलग्न थिए। हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि संलग्न व्यक्ति वा समूह फरार रहेकाले सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार