निवर्तमान सभामुख रामचन्द्र मण्डलको प्रदेशसभा सदस्य पदबाट राजीनामा

निवर्तमान सभामुख रामचन्द्र मण्डलको प्रदेशसभा सदस्य पदबाट राजीनामा

सुनिल साह ,
जनकपुरधाम, ५ माघ । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

मण्डलले सभामुख कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको जनाइएको छ।

प्रतिनिधिसभा निर्वाचनमा मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलका नेताहरूको उम्मेदवारी तयारी र घोषणासँगै प्रदेशको राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार