सुनिल साह
जनकपुरधाम , २६ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ। यो बैठक नवगठित केन्द्रीय कमिटीको दोस्रो बैठक हो।
बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे जानकारी गराएका छन्। अध्यक्ष ओलीका अनुसार महाधिवेशनले पार्टी नेतृत्वमा उल्लेख्य रूपमा युवा र नयाँ अनुहारलाई स्थान दिएको छ।
उनले केन्द्रीय कमिटीका सदस्यहरूको अनुहार नियाल्दा करिब ३१ प्रतिशत नयाँ अनुहार नेतृत्वमा आएको र करिब ३४ प्रतिशत नेताहरू ५० वर्षभन्दा कम उमेरका रहेको उल्लेख गरेका छन्। यसले पार्टीभित्र युवाको सबल प्रतिनिधित्व स्थापित भएको अध्यक्ष ओलीको भनाइ छ।
सबै उमेर समूहको सन्तुलित सहभागितासहित महाधिवेशनले समावेशी र सन्तुलित नेतृत्व चयन गरेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टीलाई थप सशक्त र ऊर्जाशील बनाउने दिशामा यो महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।





प्रतिक्रिया !