लोक आवाज,
काठमाडौँ,२४ पुष । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा लामो बैठक भएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार अध्यक्ष ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए। बैठकमा दुवै नेता एक्लै बसेर आगामी निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक सहयोग गर्न आग्रह गरेकी थिइन्। बैठकपछि अध्यक्ष ओलीले एमाले निर्वाचनमा सहभागी हुने स्पष्ट पार्दै पार्टीले देशमा राजनीतिक अस्थिरता सिर्जना नगर्ने बताएका छन्।
प्रेस संयोजक रावलले ओलीको भनाइ उद्धृत गर्दै भने, “एमाले चुनावमा भाग लिन्छ, तर ध्वंस गर्ने पार्टी होइन। त्यसका लागि सरकारले अनुकूल वातावरण तयार गर्नुपर्छ।”




प्रतिक्रिया !