कांग्रेस महाधिवेशन केही समय पर सर्न सक्छ : डा. शेखर कोइराला

कांग्रेस महाधिवेशन केही समय पर सर्न सक्छ : डा. शेखर कोइराला

लोक आवाज ,

काठमाडौँ , ०८ पुष – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने बताएका छन्।

कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस महाधिवेशनबारे अत्यधिक चर्चा हुनु आवश्यक नरहेको बताए। महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएकाले यसलाई अस्वाभाविक रूपमा नलिन आग्रह गरे।

डा. कोइरालाले आफू महाधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए। तर, क्रियाशील सदस्यता वितरणका क्रममा देखिएका प्राविधिक समस्याका कारण महाधिवेशन केही समय पर धकेलिन सक्ने अवस्था आएको उनको भनाइ छ।

उनले सिरियल नम्बर नभएको क्रियाशील सदस्यता वितरण गरिएको विषय आफूले गराएको नभई अरू कसैबाट भएको उल्लेख गर्दै यसबारे जानकारी पाएपछि आफू सचेत बनेको बताए। “म महाधिवेशन सार्न खोजेको होइन। तर, क्रियाशील सदस्यता बाँड्ने क्रममा देशभर सिरियल नम्बर नहुँदा समस्या आएको छ,” उनले भने।

कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचन मितिप्रति पनि शंका व्यक्त गरे। हाल निर्वाचनको कुनै माहोल नदेखिएको उल्लेख गर्दै तोकिएको मितिमा चुनाव हुन कठिन रहेको उनले बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार