कतारको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादवको सहभागिता

कतारको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादवको सहभागिता

लोक आवाज ,

काठमाडौं, ०१ पुष।  सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव मंसिर २९ गते सोमबार नेपालका लागि कतारको दूतावासद्वारा काठमाडौंमा आयोजित कतारको राष्ट्रिय दिवस समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको छ।

समारोहमा उपराष्ट्रपति यादवले महामहिम राजदूत मिशाल मोहम्मद अली अल अन्सारीमार्फत कतारी सरकार तथा जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले कतारका जनताको सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गर्नुभएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार