सुनिल साह ,
जनकपुरधाम , ०४ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो।
चितवनका लागि रवि बोपराले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६६ रन योगदान दिए। कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहोराले १० रन जोड्न सफल भए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
लुम्बिनीका बलरमध्ये रुबेल ट्रम्पलम्यानले ३ विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले २–२ विकेट हात पारे।




प्रतिक्रिया !