सुनिल साह,
धनुषा , २० असोज । अविरल वर्षाका कारण धनुषाको कमला नगरपालिका–१ मंग्राहा डुबानमा परेको छ। लगातारको वर्षापछि खेतबारीमा पानी जम्दा स्थानीय बासिन्दा र किसानहरू चिन्तित बनेका छन्।
स्थानीयवासीका अनुसार पहिलादेखि नै सयौं बिघा खेत डुबानमा पर्ने समस्या रहँदै आएको थियो। असोज १७ गतेदेखि परिरहेको अविरल वर्षाले यो समस्या झनै गम्भीर बनेको छ। खेतमा लगाइएको धानबाली पानीमा डुबेर नष्ट हुन थालेको छ।
पानी निकासको व्यवस्था नहुँदा बस्ती र खेती दुबै प्रभावित भएका छन्। किसानहरूले पटक–पटक समस्या उठाउँदा पनि समाधान नआएको गुनासो गरेका छन्। उनीहरूका अनुसार, “कहिल्यै नेताहरू यहाँका किसानको पीडा बुझ्न आएका छैनन्, सबैले आश्वासन मात्र दिएका छन्।”
किसानहरू अहिले समेत खेतमा जमेको पानी घटाउने प्रयासमा छन् तर निरन्तर वर्षा र निकास अभावका कारण समस्या थपिएको छ।





प्रतिक्रिया !