वीरगञ्ज (पर्सा), ३ माघ : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ ।
चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन ग¥यो । त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो । त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।




प्रतिक्रिया !