माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ जनाको शव निकालियो,

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ जनाको शव निकालियो,

लोक आवाज ,

काठमाडौँ ,०२ आश्विन। रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले शुक्रबार अडिट–३ टनेलभित्रबाट ६ वटा शव निकालेको हो ।

उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको जनाएको छ । शव निकाल्न ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरण प्रयोग गरिएको थियो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएका थिए ।

बाढीपछि आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखिएको थियो । सोही क्रममा शुक्रबार अडिट–३ टनेलमा खोजी गर्दा ६ जनाको शव फेला परेको हो ।

उद्धार टोलीले सुरुङभित्रको कठिन अवस्थाबीच उपकरणको प्रयोग गरी शव बाहिर निकालेको जनाएको छ । शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार