कांग्रेस–एमाले गठबन्धनमाथि जनमतको प्रश्न, एमाले नेता यादवको कडा प्रतिवाद,

कांग्रेस–एमाले गठबन्धनमाथि जनमतको प्रश्न, एमाले नेता यादवको कडा प्रतिवाद,

लोक आवाज ,

जनकपुरधाम, ०८ जेठ । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टी का संसदीय दलका नेता  माथि प्रदेशसभामा कडा टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री ले शुक्रबार लिएको विश्वासको मतमाथिको छलफलका क्रममा जनमत पार्टीका नेता सिंहले कांग्रेस–एमाले गठबन्धनलाई “अप्राकृतिक गठबन्धन” भएको टिप्पणी गरेका थिए ।

त्यसको जवाफ दिँदै एमाले नेता यादवले जनमत पार्टीलाई लक्षित गर्दै एमाले देशकै ठूलो संघीयतावादी शक्ति भएको दाबी गरे । उनले एमालेमाथि संघीयताको पाठ पढाउन खोज्नु उचित नहुने बताएका हुन् ।

प्रदेशसभामा बोल्दै उनले ‘जेनजी विद्रोह’ को प्रसंग उल्लेख गर्दै त्यसबेला एमाले नेतृत्व मात्रै नभई जनमत पार्टीका कार्यालयसमेत असुरक्षित बनेको टिप्पणी गरे ।

“जेनजी विद्रोह हुँदा हाम्रो नेतृत्व मात्रै असुरक्षित भएको थिएन, तपाईंहरूको कार्यालयसमेत जलाइएको थियो,” उनले भने, “त्यसैले एमालेमाथि औँला उठाउँदा आफ्नो वास्तविकता पनि हेर्नुपर्छ ।”

यादवले जनमत पार्टीप्रति कटाक्ष गर्दै अरूको कमजोरी औँल्याउनुभन्दा पहिले आत्मसमीक्षा गर्न आग्रह गरे । उनले “आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने प्रवृत्ति” त्याग्नुपर्ने बताए ।

प्रदेशसभामा कांग्रेस–एमाले गठबन्धन र संघीयताको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चर्किएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार