सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,

लोक आवाज ,

जनकपुरधाम , २४ बैशाख – सर्लाही मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका–९ मा संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक श्याम ठाकुर को उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।

प्रहरीका अनुसार मृतक गौशाला नगरपालिका–१२ निवासी ३६ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार