ओलीको आरोपः ‘प्रधानमन्त्री कार्कीले पक्राउ गर्न दबाब दिइरहेकी छिन्’

ओलीको आरोपः ‘प्रधानमन्त्री कार्कीले पक्राउ गर्न दबाब दिइरहेकी छिन्’

लोक आवाज ,

काठमाडौँ , २० मंसिर — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न निरन्तर दबाब दिइरहेको आरोप लगाएका छन्।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व परिवर्तन गरिनु आफूलाई लक्षित कदम भएको दाबी गरे।

ओलीका शब्दमा, “सम्पत्ति शुद्धीकरण विभागलाई बारम्बार दबाब दिएर पनि जब मेरो पक्राउ आदेश पूरा नभयो, तब प्रधानमन्त्रीले त्यहाँका प्रमुखलाई हटाएर आफू अनुकुल व्यक्ति ल्याइन्।”

त्यस्तै, उनले सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेर कूटनीतिक मर्यादाको उल्लङ्घन गरेको आरोपसमेत लगाए।

सरकारलाई अवैधानिक बताउँदै ओलीले अध्यादेशमार्फत शासन चलाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार