प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसान फोरममा सहभागी हुने,

प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसान फोरममा सहभागी हुने,

लोक आवाज ,

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गरेका छन्।

प्रधानसेनापति सिग्देल १३औँ बेइजिङ स्याङसान फोरममा सहभागी हुन चीन गएका हुन्। भ्रमणका क्रममा उनले चिनियाँ सैन्य अधिकारी तथा विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

चीन प्रस्थान गर्नुअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले उनलाई बिदाइ गरेका थिए।

प्रधानसेनापतिको चीन भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्ध थप सुदृढ तथा विस्तार गर्न सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ। साथै, सैनिक कूटनीतिको माध्यमबाट नेपालको परराष्ट्र नीतिलाई समेत थप योगदान पुग्ने विश्वास गरिएको छ।

बेइजिङ स्याङसान फोरम चीनमा आयोजना हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा संवादमध्ये एक हो। फोरममा सहभागी हुने क्रममा प्रधानसेनापति सिग्देलले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा विषयमा विभिन्न प्रतिनिधिसँग विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार