लोक आवाज,
जनकपुरधाम ,१७ भदौँ ।भोटेकोशी बाढीबाट प्रभावित परिवारको स्वास्थ्य, सरसफाइ तथा दैनिक आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न व्यवसायी तथा संघसंस्थाले राहत सामग्री उपलब्ध गराएका छन् ।
बाढीपीडितको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै फेसन जोनले ३६ पिस हार्पिक, २४ पिस साबुन, १८ पिस फिनायल र १२ पिस ट्वाइलेट ब्रस सहयोग गरेको छ । त्यस्तै, सौन्दर्य कला व्यवसाय संघले २ सय प्याकेट स्यानिटरी प्याड उपलब्ध गराएको छ ।
प्रभावित परिवारका लागि खाना पकाउने तथा खाने सामग्रीसमेत सहयोग गरिएको छ ।किट्टु सप्लायर्सले ४५ थान कराही र १२५ थान फ्राइप्यानप्रदान गरेको छ ।
त्यसैगरी, सौन्दर्य कला व्यवसाय संघले ५ थान स्टिल जग, ५ थान लोटा, ४८ थान गिलास, २४ थान चम्चा, ४८ थान थाल तथा ४८–४८ थान ठूलो र सानो कचौरा उपलब्ध गराएको जनाएको छ ।
राहत सामग्री हस्तान्तरण गर्दै सचिव साहले विपद्को कठिन परिस्थितिमा भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउने सम्पूर्ण व्यवसायी, संघसंस्था तथा सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन् ।
उनले प्राप्त राहत सामग्रीले बाढीबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने विश्वास व्यक्त गर्दै विपद्को समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।





प्रतिक्रिया !