अन्नपूर्ण आवासीय माविद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

अन्नपूर्ण आवासीय माविद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

 

लोक आवाज,

जनकपुरधाम , १६  भदौ।  भदौ १० गते आएको बाढीबाट देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ।

यसै क्रममा जनकपुरधामस्थित अन्नपूर्णा आवासीय माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको जनाएको छ।

विद्यालयकी संस्थापक  बिना देवी शाहले प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिले आफूहरूलाई दुःखी बनाएको बताउँदै विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

उहाँले भन्नुभयो, “देशमा यस्तो त्रासदीपूर्ण घटना हुँदा हामी पनि निकै दुःखी छौँ। पीडितहरूको सहयोगका लागि आफ्नो तर्फबाट सहयोगको हात अगाडि बढाएका हौँ। आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता कार्यमा विद्यालय र म स्वयं निरन्तर अगाडि रहनेछु।”

विद्यालयले शिक्षा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि विपद् तथा समस्यामा परेका नागरिकको सहयोगका लागि विद्यालयले विभिन्न गतिविधि सञ्चालन गरेको बताइएको छ।

विद्यालयबाट गरिएको आर्थिक सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार