मधेशका आठै जिल्लाका पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण,

मधेशका आठै जिल्लाका पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण,

लोक आवाज ,

जनकपुरधाम, ४ भदौ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लामा रहेका नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई कार्यालय प्रयोजनका सामग्री उपलब्ध गराएको छ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई सामग्री हस्तान्तरण गरिएको हो। प्रत्येक शाखालाई एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको बताए। राज्यका गतिविधि र नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

मन्त्री महतोले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रमपूर्ण सूचना र असत्य समाचार फैलिने क्रम बढेकाले तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकासका क्रममा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार, मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको संयोजन मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले गरेकी थिइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका आठवटै जिल्ला शाखाका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार