नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नेतृत्वमा हेमबहादुर कार्की सर्वसम्मत

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नेतृत्वमा हेमबहादुर कार्की सर्वसम्मत

लोक आवाज,

जनकपुरधाम, साउन २२ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवक्ता हेमबहादुर कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राधाकान्त झा, सचिवमा दिलीप मण्डल तथा कोषाध्यक्षमा आरती कुमारी साह चयन भएका छन्।

यसैगरी सदस्यहरूमा टुनेश्वर साह, किरण झा, दीपक पर्सैला, हेमन्त झा, सन्तोष झा र अञ्जली सिंह सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कानुन व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, विधिको शासनको सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ नेतृत्व चयनसँगै डिएलए जनकपुरका संस्थागत गतिविधि थप प्रभावकारी, सक्रिय र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार