सुनसरी–सिरहा घटनाका मृतकका परिवारलाई राहत दिने सरकारको निर्णय,

सुनसरी–सिरहा घटनाका मृतकका परिवारलाई राहत दिने सरकारको निर्णय,

लोक आवाज ,

काठमाडौं, २० साउन । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएकाहरूलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। राहत तथा क्षतिपूर्तिको रकम भने सरकारले सार्वजनिक गरेको छैन।

हालै सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा सुनसरीमा तीन जना र सिरहामा एक जना गरी चार जनाको मृत्यु भएको थियो। घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको सरकारले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार