कप्तानगञ्ज झडपका अर्का घाइतेको पनि मृत्यु, ज्यान गुमाउनेको संख्या तीन पुग्यो,

कप्तानगञ्ज झडपका अर्का घाइतेको पनि मृत्यु, ज्यान गुमाउनेको संख्या तीन पुग्यो,

लोक आवाज ,

जनकपुरधाम, १९ साउन । सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा गम्भीर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

यसअघि सोही घटनामा प्रहरीद्वारा चलाइएको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। रवीन्द्र मेहता पनि सोही घटनामा गम्भीर घाइते भएका थिए र उपचाररत अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच, तनाव फैलिएका क्रममा सिरहामा पनि प्रहरीको गोली लागेर एक जना युवाको मृत्यु भएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार