सर्लाहीमा डिभिजन प्रमुखसहित दुई कर्मचारी आठ लाखभन्दा बढी रकमसहित घुसकाण्डमा पक्राउ

सर्लाहीमा डिभिजन प्रमुखसहित दुई कर्मचारी आठ लाखभन्दा बढी रकमसहित घुसकाण्डमा पक्राउ

लोक आवाज ,

जनकपुरधाम , भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी आठ लाख २१ हजार ११५ रुपैयाँसहित घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले शुक्रबार डिभिजन प्रमुख ढकालको कार्यकक्षबाट उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार पक्राउ परेका दुवै कर्मचारीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अघि बढाइदिने नाममा सेवाग्राहीसँग घुस मागेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको साथबाट सात लाख ५० हजार रुपैयाँ घुस रकम तथा ७१ हजार ११५ रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको छ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै घुस मागिएको भन्ने सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। त्यसपछि विशेष अपरेसन सञ्चालन गरी दुवै कर्मचारीलाई पक्राउ गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार