कालापानी–लिपुलेक नेपालकै भूमि भएको प्रमाण छ, छिमेकीसँग प्रत्यक्ष संवादबाट समाधान खोज्छौँ : प्रधानमन्त्री शाह

कालापानी–लिपुलेक नेपालकै भूमि भएको प्रमाण छ, छिमेकीसँग प्रत्यक्ष संवादबाट समाधान खोज्छौँ : प्रधानमन्त्री शाह

लोक आवाज ,

काठमाडौं, असार ७ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले कालापानी र लिपुलेक नेपालकै भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन्।

आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयमा नेपाल प्रमाणका आधारमा स्पष्ट अडानका साथ अघि बढ्ने बताए। केही समयअघि प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादप्रति संकेत गर्दै उनले आफ्नो भनाइलाई गलत रूपमा नबुझ्न आग्रह गरे।

उनले कालापानी, लिपुलेकलगायतका विवादित क्षेत्रका विषयमा नेपाल सरकार तथ्य र प्रमाणका आधारमा छिमेकी मुलुकसँग संवाद गर्न तयार रहेको स्पष्ट पारे। सीमा विवाद समाधानका लागि नेपालले कुनै तेस्रो पक्ष वा मध्यस्थकर्ताको आवश्यकता नठानेको समेत उनले बताए।

प्रधानमन्त्री शाहले नेपाल आफ्ना छिमेकी राष्ट्रहरूसँग प्रत्यक्ष वार्तामार्फत समस्याको समाधान खोज्ने पक्षमा रहेको उल्लेख गर्दै राष्ट्रिय हित र सार्वभौमिकतामा सरकार दृढ रहेको बताए।

उनले भने, “हामीसँग कालापानी–लिपुलेकको प्रमाण छ। आवश्यक परे ऐतिहासिक दस्तावेज र प्रमाणहरू पनि प्रस्तुत गर्छौँ। हामीले कुनै विदेशी शक्ति वा ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ। छिमेकीहरूसँग प्रत्यक्ष संवाद गरेर समाधान खोज्ने हाम्रो नीति हो।”

उनले आफ्नो राष्ट्रियता र देशप्रतिको प्रतिबद्धतामाथि कुनै शंका नगर्न आग्रह गर्दै नेपालको भू–भाग र राष्ट्रिय हितको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहने बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार