लोक आवाज ,
जनकपुरधाम, ०१ असार, मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेका हुन्।
गत आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो। नयाँ बजेट अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको सरकारले जनाएको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राखेर बजेटको आकार घटाइएको अर्थमन्त्री भट्टराईले बताए।
बजेट विनियोजन चालु खर्च १४ अर्ब ६६ करोड रुपैयाँ (३५.६४%) , पुँजीगत खर्च २६ अर्ब ४७ करोड रुपैयाँ (६४.३६%) प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउने लक्ष्यसहित पुँजीगत खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ।
६ अर्ब ८अर्थमन्त्री भट्टराईका अनुसार आगामी वर्षको बजेटले उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ।



प्रतिक्रिया !