गृहमन्त्री गुरुङ र मन्त्री पुनको शपथपछि मन्त्रिपरिषद् १७ सदस्यीय, वरियताक्रम सार्वजनिक,

गृहमन्त्री गुरुङ र मन्त्री पुनको शपथपछि मन्त्रिपरिषद् १७ सदस्यीय, वरियताक्रम सार्वजनिक,

लोक आवाज ,

काठमाडौँ , २६ जेठ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।

नवनियुक्त मन्त्रीहरूको शपथसँगै मन्त्रिपरिषद्को वरियताक्रम पनि सार्वजनिक गरिएको छ। वरियताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्रीपछि दोस्रो स्थानमा रहेका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरियतामा छन्।

त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो तथा गृहमन्त्री सुधन गुरुङ पाँचौँ वरियतामा रहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल छैटौँ, कानुनमन्त्री सोविता गौतम सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरियतामा छन्।

नयाँ नियुक्तिसँगै सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने दिशामा कदम बढाएको छ। बाँकी मन्त्रीहरूको वरियताक्रम सरकारद्वारा सार्वजनिक सूचीअनुसार निर्धारण गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार