Recent Posts


सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, अर्का चालक घाइते,

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, अर्का चालक घाइते,

लोक आवाज,

सप्तरी, २२ जेठ । सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।

जिल्लाको विष्णुपुर गाउँपालिका–५ कट्टी स्थित सडकखण्डमा भारतमा दर्ता भएको बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना.२२ प ३२८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ना.२२ प ३२८५ नम्बरको मोटरसाइकल चालक छोटेलाल यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। अधिकारीहरूले सडक सुरक्षा र सवारी चालकको सावधानीमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार