Recent Posts


जनकपुरधामलाई राष्ट्रिय धार्मिक पर्यटन केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री यादव,

जनकपुरधामलाई राष्ट्रिय धार्मिक पर्यटन केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री यादव,

सुनिल साह ,

जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले जनकपुरधामलाई प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

जनकपुरधाममा नवनिर्मित चारतारे होटल पौवा तथा होटलद्वारा आयोजित ‘बृहत् खाना प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उनले धार्मिक पर्यटनको अपार सम्भावनालाई उपयोग गर्न सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए।

मुख्यमन्त्री यादवले राम जन्मभूमि मा प्रत्येक वर्ष करोडौं श्रद्धालु पुग्ने उल्लेख गर्दै तीमध्ये केही प्रतिशत पर्यटकलाई मात्र पनि जनकपुरधाम आकर्षित गर्न सकिए यस क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने बताए।

उनले जनकपुरधाम–अयोध्या सिधा हवाई सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै Buddha Air ले निकट भविष्यमै उडान सुरु गर्ने अपेक्षा व्यक्त गरे। उक्त सेवा सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमन बढ्ने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह ले चारतारे होटलको सञ्चालनले जनकपुरधामको पर्यटन पूर्वाधारलाई थप मजबुत बनाउने बताए। उनले होटलले मिथिला कला, संस्कृति, परम्परा तथा स्थानीय खानाका परिकारको संरक्षण र प्रवर्द्धनमा विशेष भूमिका खेल्नुपर्ने सुझाव दिए।

होटल सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ध्रुवराज न्यौपाने ले होटलले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

होटल परिसरमा सुरु गरिएको ‘बृहत् खाना प्रदर्शनी–२०८३’ मा विभिन्न परम्परागत तथा आधुनिक परिकार प्रदर्शन गरिएको छ। आयोजकका अनुसार प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार