टुँडिखेलमा विशेष समारोहसहित मनाइँदै १९औँ गणतन्त्र दिवस,

टुँडिखेलमा विशेष समारोहसहित मनाइँदै १९औँ गणतन्त्र दिवस,

लोक आवाज ,

काठमाडौं, १५ जेठ  — सरकारले प्रत्येक वर्ष जेठ १५ गते मनाउँदै आएको गणतन्त्र दिवसको अवसरमा यसपालि पनि काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

शुक्रबार बिहानदेखि सुरु भएको समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायत मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरू सहभागी छन् ।

यस वर्षको गणतन्त्र दिवस समारोहमा नयाँ परम्पराको सुरुवात गरिएको छ । विगतका वर्षहरूमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेकामा यसपटक भने राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो ।

गणतन्त्रको प्रतीक राष्ट्रपतिबाटै सम्बोधन गराउने उद्देश्यसहित सरकारले औपचारिक रूपमा अनुरोध गरेपछि राष्ट्रपति पौडेलले समारोहलाई सम्बोधन गर्न लागेका हुन् ।

समारोहलाई आकर्षक बनाउन काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्च पास्ट (कवाज) तथा विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका छन् ।

सोही अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट आकाशबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार