नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माण सुरु,

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माण सुरु,

लोक आवाज ,

जनकपुरधाम, १५ जेठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति को आफ्नै भवन निर्माण कार्य सुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको स्वामित्वमा रहेको जग्गामा आयोजित एक कार्यक्रमबीच भवनको शिलान्यास गरिएको हो ।

भवन निर्माणको शिलान्यास मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले पूजा अर्चनासहित गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले भवन निर्माण कार्य सम्पन्न गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले यसअघि नै भवन निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिँदै आगामी बजेटमा समेत आवश्यक रकम व्यवस्था गरिने बताए ।

सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको संस्थागत विकासप्रति सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

महासंघले भवन निर्माणका लागि गुठी संस्थान बाट ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको जनाएको छ । जनकपुरधाम–४ स्थित तैनाथी गुठीको उक्त जग्गामा अब महासंघको आफ्नै भवन निर्माण हुने भएको हो ।

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरूले आफ्नै भवन निर्माण सुरु हुनु महासंघका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार