लोक आवाज ,
जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिने सचिवालयले जनाएको छ ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका विकास प्राथमिकता, आर्थिक सुधारका रणनीति, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक क्षेत्रसँग सम्बन्धित योजनाहरू समेटिने जनाइएको छ ।
नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले आगामी वर्षको विकासको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यही आधारमा आगामी बजेट तथा योजनाहरू निर्माण गरिने भएकाले यसलाई प्रदेश सरकारको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।



प्रतिक्रिया !