जनकपुर–जयनगर रेलको ठक्करबाट महिलाको मृत्यु,

 जनकपुर–जयनगर रेलको ठक्करबाट महिलाको मृत्यु,

लोक आवाज,

जनकपुरधाम, ११ जेठ । जनकपुर–जयनगर रेलमार्ग अन्तर्गत धनुषामा रेलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका–९ स्थित बैदेही स्टेसनबाट करिब ६ सय मिटर पूर्व सोमबार साँझ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ ५ः३२ बजे जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले अन्दाजी ३० वर्षीया महिलालाई किचेको हो ।

दुर्घटनामा महिलाको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने ले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार पारेको छ । मृतक महिलाको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार