गगन थापाको नेतृत्व स्वीकारेर एक हुन महेन्द्र यादवको आग्रह,

गगन थापाको नेतृत्व स्वीकारेर एक हुन महेन्द्र यादवको आग्रह,

लोक आवाज ,

जनकपुरधाम, ०६ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

मधेश प्रदेशमा बुधबार आयोजित एक कार्यक्रममा उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत सभापति गगन थापाको नेतृत्व स्वीकार गर्दै पार्टी सुदृढीकरण अभियानमा सक्रिय हुन आह्वान गरे ।

यादवले पार्टीभित्र विभिन्न समूह र भेलाको राजनीति गर्दै अघि बढ्ने प्रवृत्तिले संगठन कमजोर बन्ने उल्लेख गर्दै अब साझा लक्ष्यका साथ एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “अब पार्टीभित्र यो भेला र त्यो भेला भन्दै अलग–अलग धारमा लागेर हुँदैन । हामी सबैले गगन थापालाई सभापतिको रूपमा स्वीकार गरेर एकताबद्ध हुनुपर्छ ।”

उनले नेपाली कांग्रेसलाई थप बलियो बनाउन क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

मधेश प्रदेशका नेता तथा कार्यकर्तालाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै यादवले पार्टी एकतामै कांग्रेसको भविष्य निर्भर रहेको बताए ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार