दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति,

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति,

लोक आवाज ,

काठमाडौँ , ०५ जेठ – दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको थियो।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, कसैप्रति घृणा वा द्वेष फैलाएको तथा जातजाति र सम्प्रदायबीचको सामाजिक सद्भाव खल्बल्याउने गतिविधि गरेको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार