प्रतिनिधि सभामा विरोध प्रदर्शनपछि सभामुख अर्यालको चेतावनी,

प्रतिनिधि सभामा विरोध प्रदर्शनपछि सभामुख अर्यालको चेतावनी,

लोक आवाज ,

काठमाडौँ , ०४ जेठ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध पर्चा प्रदर्शन गर्दै सभामुखको आसनअगाडि वेलमा पुगेर मौन विरोध जनाएका थिए । त्यसपछि सभामुख अर्यालले संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले विरोधका कार्यक्रम पनि मर्यादित र संसदीय अभ्यासअनुसार हुनुपर्ने बताएका हुन् ।

उनले सांसदहरूलाई सम्बोधन गर्दै विरोधका विभिन्न शैली हुन सक्ने भए पनि संसदीय मर्यादा उल्लंघन हुने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।

सभामुख अर्यालले भने, “संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो हो । विरोध गर्ने आ–आफ्ना शैली हुन सक्छन्, तर मर्यादाभित्र रहेर मात्रै विरोध गर्नुपर्छ । यसलाई आदेशकै रूपमा लिन म सबैलाई आग्रह गर्दछु ।”

बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरोधी सन्देश लेखिएका पर्चा घाँटीमा झुन्ड्याएर पनि सहभागिता जनाएका थिए ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार