पशुपति क्षेत्रमा फेला परेको ग्रिनेट बम नेपाली सेनाद्वारा निष्कासन

पशुपति क्षेत्रमा फेला परेको ग्रिनेट बम नेपाली सेनाद्वारा निष्कासन

लोक आवाज ,

काठमाडौँ, २७ बैशाख – पशुपतिनाथ मन्दिर क्षेत्रअन्तर्गत राम मन्दिरभन्दा माथिको जंगलमा फेला परेको ग्रिनेट बम नेपाली सेनाले निष्कासन गरेको छ।

आइतबार बिहान करिब ८ बजे उक्त क्षेत्रमा शंकास्पद वस्तु भेटिएको सूचना प्रहरीले पाएपछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो। सेनाले बम सुरक्षित रूपमा निकालेर परीक्षणका लागि लगेको जनाएको छ।

नेपाली सेना को डिस्पोजल टोलीले प्लाष्टिकको ग्रिनेट बमजस्ता तीनवटा वस्तु फेला पारेको र ती वस्तु परीक्षणका लागि लगिएको काठमाडौँ प्रहरी परिसरका डिएसपी कौशल बुढाथोकी ले जानकारी दिए।

उनका अनुसार भेटिएको बम नयाँ नभई पुरानो देखिएको छ। बममा खिया लागिसकेको अवस्थामा रहेकाले करिब तीनदेखि चार महिनाअघि त्यहाँ राखिएको हुन सक्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा सुकुम्वासी बस्ती क्षेत्रमा बम भेटिएको भन्दै सूचना फैलिएको भए पनि प्रहरीले त्यसलाई अस्वीकार गरेको छ। डिएसपी बुढाथोकीका अनुसार बम सुकुम्वासी बस्तीभन्दा धेरै माथि, राम मन्दिरभन्दा करिब १०० मिटर माथिको जंगल क्षेत्रमा फेला परेको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार